Rule 16
सफाइ पेश गर्ने मौका दिनु पर्ने
(१) पेशागत आचरण उल्लंघन गरेको वा ऐनको दफा
१९ बमोजिम नाम दर्ता गराएको आरोप लागेको व्यक्ति उपर छानबिनको क्रममा
जाँचबुझ समितिले त्यस्तो व्यक्तिलाई कारबाही गर्न लागेको कारण उल्लेख गरी सो
सम्बन्धमा आफ्नो सफाई पेश गर्ने कम्तीमा तीस दिनको म्याद दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सफाई पेश गर्ने मौका दिंदा निज उपर लगाइएको
आरोप स्पष्टरूपले किटिएको र प्रत्येक आरोप कुन–कुन कुरा र कारणमा आधारित छ सो
समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सफाई पेश गर्ने मौका दिइएकोमा सम्बन्धित
व्यक्तिले पनि म्याद भित्रै आफ्नो सफाई पेश गर्नु पर्नेछ ।